होस्टेलमै विद्यार्थीबीच अनैतिक सम्बन्ध, घटना बाहिरिएपछि तालाबन्दी

कास्की | साउन ३०, २०७९

होस्टेलमै विद्यार्थीबीच अनैतिक सम्बन्ध, घटना बाहिरिएपछि तालाबन्दी

पोखरा:   माछापुच्छ्रे गाउँपालिका ६ धितालस्थित भूमेश्वर माध्यमिक विद्यालयमा अभिभावकले तालाबन्दी गरेका छन् ।

 

स्रोतका अनुसार छात्राबास (होस्टेल) मै विद्यार्थीबीच अनैतिक शारीरिक सम्बन्ध भएको थाहापाएपछि अभिभावकले हिजो (आइतबार)देखि विद्यालयमा तालाबन्दी गरेको हुन् ।  ‘एसइई दिने समयमा होस्टेलमा रहदाँ ४ महिनाअघि किशोर र किशोरीबीच अनैतिक सम्बन्ध भएको रहेछ, स्रोतले सुनगाभा न्यूजसँग भन्यो, ‘अहिले अभिभावाकले थाहापाएपछि तालाबन्दी गरेका हुन् ।’

 

स्रोतका अनुसार उक्त घटनामा संलग्न किशोर दलित समुदायका हुन् भने किशोरी क्षेत्री समुदायकी हुन् ।

 

र किशोरी गर्भवती भएको थाहा भयो...

 

एसइई तयारीको लागि उक्त विद्यालयको छात्राबासमा कुल १३ जना विद्यार्थी थिए । अहिले उनीहरु एसइई सकिएपछि ११ कक्षा भर्ना प्रक्रियामा थिए । 

 

स्रोतका अनुसार घटना होस्टेलमै रहेको समयमा भए नभएको नखुलेपछि अभिभावकहरुले विद्यालय प्रशासनसँग वार्ताको क्रममा जवाफ खोजिरहेका छन् । एसइई सकिएपछि उक्त किशोरी समयसमयमा बिरामी भइरहिन् ।

 

पेट दुखेर अस्पताल लगिएको उनको चेकजाँज गर्ने क्रममा गर्भवती भएको खुलेको स्रोतले बतायो । ‘नानी पेट दुखेर बिरामी भएको भनेपछि अस्पताल लगेछन्, स्रोतले भन्यो, ‘त्यसपछि पेट पनि बाहिर निस्केकै कारण संका रहेछ । त्यसपछि याे घटना बाहिर आएको हो ।’

 

स्रोतका अनुसार अहिले अहिले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र बहादुर पौडेल, प्रध्यानाध्यापक बुद्धिबहादुर मिजार, वटा ६ का जनप्रतिनिधिहरु तथा अभिभावकलगायतको टोलीले वार्ता गरिरहेको छ ।

 

वार्ताको क्रममा अभिभावकहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र बहादुर पौडेल, प्रध्यानाध्यापक बुद्धिबहादुर मिजारको राजिनामा माग गरेको बताइएको छ । 

 

अभिभावकले विद्यालयमा तालाबन्दी गरेपछि उक्त घटना बाहिरिएको हो । तालाबन्दीपश्चात अहिले पठनपाठन ठप्प भएको छ । 

 

 

यता जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता तथा डिएपसी सुन्दर तिवारीले सो घटनाबारे बेखबर रहेको बताए । ‘त्यो घटनाबारे हामीलाई केही थाहा छैन, उनले भने, ‘अहिलेसम्म कुनै निवेदन र खबर आएको छैन । बुझ्दै छौं ।’

सो विषयमा बुझ्न विद्यालयका प्रध्यानाध्यापक बुद्धि बहादुर मिजारलाई टेलिफोन सम्पर्क गर्दा फोन उठ्न सकेन ।

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्